२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

शेखर कोईराला सफल, केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

कोशी प्रदेशमा शेखर कोईराला सफल भएका छन् । केदार कार्कीलाई मुख्यमन्त्री बनाउने उनको दाउ सफल भएको हो ।

युक्त कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी पेस गरेका थिए । यद्यपि अन्तिम समयमा उनले आफ्नो दाबी कमजोर रहेको र शीर्ष नेताबिच छलफल जारी रहेको हुँदा सनाखत तत्काल नगराउने बताएका थिए ।

संविधानको धारा १६८ को उपधारा ९५० अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि असोज २० गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि राजीनामा दिएका थिए । प्रदेशसभामा रहेका ९३ सांसदमध्ये बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ । कार्कीले काँग्रेसका ८ सांसद लिएर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?