लक्ष्मण घिमिरे ।
अविश्वास र स्वार्थ केन्द्रित गठबन्धनको काउन्टडाउन सुरु भएको छ । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएपछी सत्ता केन्द्रित भागबण्डामा आधारित राजनितीले नयाँ मोड लिएको छ ।
कोसी प्रदेशको मुख्य मन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्की नियुक्त भएका छन् । शनिबार कोसी प्रदेसका प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्य मन्त्रीमा नियुक्ती गरेका हुन। बिहीबार कार्कीले एमालेका ३९ र कांग्रेसका ८जना सांसद समर्थनमा मुख्य मन्त्रीमा दाबी गरेका थिए।
मुख्यमन्त्रीमा नियुक्त हुनासाथ केदार कार्कीले मध्यावधि निर्वाचनमा जानबाट रोक्न आफू मुख्यमन्त्री बनेको बताएका छन् । यसअघि गठबन्धनले पटकपटक प्रयास गर्दा पनि सरकार स्थिर बन्न नसकेको र मध्यावधिको बाटो देखिएकोले त्यसलाई रोक्न सांसदहरूले आफूलाई समर्थन गरेको उनले बताए । कुनै पार्टी समर्थनमा नभई संविधानको धार १६८ ९५० को व्यवस्था अनुसार सांसदहरूको समर्थनमा आफू मुख्यमन्त्री भएको उनले बताए । उनले यसलाई संविधानवादमा विश्वास गर्ने सबै पार्टीले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरे ।
विद्रोह गरेर मुख्यमन्त्री
मुख्यमन्त्री नियुक्त भएका कार्की नेपाली कांग्रेसबाट विद्रोह गरेका हुन् । कांग्रेस शेखर कोइराला समूहका ८ जनाले विद्रोह गरेर एमालेका सांसदको समेत समर्थन जुटाएर कार्कीको पक्षमा बुहुमत पुर्याएका हुन् । कोशी कांग्रेसको कार्यसम्पादन समितिको बैठकले केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको थियो । तर, विद्रोह गर्ने र देउवाको स्वेच्छाचारी तोड्ने अठोट लिएका कार्की समुह ब्याक हुन मानेनन् । अन्ततः उनिहरु सफल भएका छन् ।
गठबन्धनको आडमा टिकेको सरकार र ति दलका नेताहरुले के गर्छन ? भन्ने प्रश्न उठेको छ । नेपाली कांग्रेसका शेखर कोईराला समुह ओली र एमालेसंग मिलेको पुष्टी भएसंगै राजनिती वृत्तमा नयाँ तरंग सृजना भएको छ । स्वेच्छाचारी, मनोमानी र ईतर समुहलाई पेल्ने रणनिती बनाएका देउवाको बाटोमा काँडा बन्न शेखर सफल भएका छन् ।
यसले गठबन्धन संकटमा परेको छ । भागबण्डामा अडिएको सत्तासमिकरण कोशीले कता बगाउने हो निश्चित देखिंदैन ।
विद्रोहको भाषणमा मात्र गगन, पर्दा साथ दिएनन्
भाषण गर्दा पार्टीनै फुटाउँछन् कि झैं गर्ने गगन थापाले अन्तिममा शेखर समुहलाई साथ दिनबाट पन्छिए । सँधै विद्रोही भाषण गर्ने, दाईभाउजुका विरुद्ध कडा शब्द पेल्ने उनै गगन देउवालाई पाठ सिकाउने बेलामा भने ढाड फर्काएर बसेका छन् ।
कोसी सरकारको विषयमा कांग्रेसभित्र कोइराला पक्षले गगन थापा पक्षको समर्थन पाउन सकेन । गगनको रणनिती हो या बुद्धिहिनता ? गगनको डर हो या कुटिलता ? गगनको अनुशासन हो या गोपनियता ? उनि के कारणले खुलेनन् भन्ने प्रश्न उब्जिएको छ ।
अन्य बेला देउवाको एकलौटी निर्णको खरो आलोचना गर्ने गगन आफ्नै पोल्टामा भाग पर्दा टिप्न तयार देखिएनन् ।