८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

अर्घाखाँची : सकियो कांग्रेसको दुईदिने प्रशिक्षण

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाली कांग्रेसका केन्द्रिय सह–महामन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसमा रुपान्तरणको खाँचो रहेको बताएका छन् । जनताको चाहाना अनुरुप पार्टीलाई परिमार्जित गर्दै जानुपर्ने उनले बताए ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै सह–महामन्त्री पाण्डेले रुपान्तरित कांग्रेस र आधुनिक कांग्रेस बनाउनु पर्ने आजको आवश्यक्ता रहेको बताए । २०१५ सालदेखी अहिलेसम्म एउटै पद्दतीमा कांग्रेस हिंडिरहेको भन्दै त्यसलाई बदल्न आवश्यक रहेको बताए । ‘पुरानो पद्दतीले हुँदैन,युवाको सोंच अनुसार कांग्रेस अगाडी बढ्नुपर्छ’ उनले भने, ‘मतदाता र युवाको भावनालाई समेट्दै अब कांग्रेस नयाँ ढंगले अगाडि बढ्नु पर्छ।’

सरकारले औसत काम गरिरहेको भन्दै उनले अझै उर्जाशिल भएर काम गर्नुपर्ने बताए । हजारौं युवाहरु पलायन भएकोले त्यो निराशाजनक अवस्थाबाट बाहिर निकाल्नुपर्ने दायित्व सरकारको भएको उनको भनाई छ ।

सन्धिखर्कको संगम फुडल्याण्डमा आयोजना भएको दुई दिने प्रशिक्षण कार्यक्रम शनिवार सकिएको छ । आन्तरिक संगठन सुदृढ बनाउने तथा नेता कार्यकर्तालाई जागरुक बनाउने उद्देश्यले आयोजना भएको तालिमको समापन गरिएको हो ।

नेपाली कांग्रेसका केन्द्रिय सह–महामन्त्री पाण्डे सहित नेता देवराज चालिसे, केन्द्रिय सदस्य पुष्पा भुसाल, लुम्बिनी प्रदेश सभापती अमर सिंह पुन, गुणानिधी पाण्डे लगायतले प्रशिक्षण दिएका छन् ।

जिल्ला कार्यसमिति प्रशिक्षण विभागको आयोजनामा भएको कार्यक्रममा जिल्ला कार्यसमिति, क्षेत्रिय कार्यसमिति, पालिका कार्यसमिति, वडा सभापती, भातृ तथा सुभेच्छुक संस्थाका प्रमुख, निर्वाचित जनप्रतिनिधी, उम्मेद्वारका आकांक्षी, महाधिवेशन प्रतिनिधी लगायतलाई प्रशिक्षणमा सहभागी गराईएको प्रशिक्षण विभाग प्रमुख तथा जिल्ला उपसभापती बिष्णु भुसालले जानकारी दिए ।

कार्यक्रम जिल्ला सचिव कृष्ण खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

महाधिवेशन प्रतिनिधी खनाल लुम्बिनी प्रदेश प्रशिक्षण विभागको सदस्य मनोनित
नेपाल तरुणदलका पुर्व अध्यक्ष तथा महाधिवेशन प्रतिनिधी पिताम्बर खनाल लुम्बिनी प्रदेश प्रशिक्षण विभागको सदस्य मनोनित भएका छन् । लुम्बिनी प्रदेश प्रशिक्षण विभागले उनलाई सदस्य मनोनित गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?