१७ जेष्ठ २०८१, बिहिबार
१७ जेष्ठ २०८१, बिहिबार

सुपा देउराली र खाँचिकोट मन्दिर परिसरमा सरसफाई

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीका सुरक्षा निकायले सुपादेउराली मन्दिर तथा खाँचीकोट मन्दिर परिसरमा सरसफाई गरेका छन् । सन्धिखर्क नगरपालीका वडा नम्बर ७, सुपा देउराली र खाँचिकोट मन्दिर परिसरमा सरसफाई गरिएको हो ।

प्रहरीको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अनुसार सरसफाई गरिएको प्रहरीले जनाएको छ । सरसफाई कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, शितगंगाका नगर प्रमुख छविलाल पौडेल, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, विभिन्न सुरक्षा निकायका प्रमुख, सन्धिखर्क ७ का वडा अध्यक्ष चुरा केसी, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न सरकारी कार्यालयका कर्मचारीहरू स्थानियवासिहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?