२० असोज २०८१, आइतवार
२० असोज २०८१, आइतवार

गणतन्त्र आएपनि सामाजिक रुपान्तरण हुन सकेन : सांसद रायमाझी

शोभाखर पन्थी ।
प्रतिनिधि सभाका सदस्य बिजुला रायमाझीले मुलुकमा राजनितिक परिवर्तन भएपनि सामाजिक रुपान्तरण हुन नसकेको बताएकी छिन् ।

अखिल नेपाल महिला संघ ( अनेम संघ ) मालारानी गाउँपालिकाको तेस्रो सम्मेलनको खनदहमा उद्घाटन गर्दै रायमाझीले मुलुकमा गणतन्त्रको स्थापना भए पनि सामाजिक रुपान्तण हुन लामो समय लाग्ने बताईन् । अनेम संघको केन्द्रीय स्थायी कमिटी सदस्य समेत रहेकी रायमाझीले महिला अधिकार पुर्ण रुपमा कार्यान्वयन हुन नसकेको प्रति चिन्ता व्यक्त गरिन् ।

उनले मुलुकका हरेक खाले आन्दोलनमा महिलाहरुले अग्रणी भूमिका खेलेपनि महिलाहरुको जिवन स्तरमा उल्लेख्य सुधार हुन नसकेको भन्दै राज्यका हरेक तहमा महिलाहरुको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्नेमा जोड दिईन् । नेकपा एमालेले मात्रै महिला अधिकार सुनिश्चित गर्न सक्ने भन्दै उनले एमालेमा गोलबद्ध भएर अगाडी बढ्न महिलाहरुलाई आग्रह समेत गरिन् । आफु अहिले निति निर्माण गर्ने ठाउँमा भएको भन्दै रायमाझीले जिल्लाको समग्र विकास प्रति पनि आफ्नो बिशेष चाँसो रहेको बताईन् ।

सांसद रायमाझीले सदन सडक जहाँसुकै भएपनि आफुले महिला अधिकार र सामाजिक न्यायको निम्ति निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा नेकपा एमाले लुम्विनी प्रदेश कमिटीका सदस्य द्वय केवी भुसाल, सालिकराम आचार्य, प्रदेश कमिटीका पुर्व सदस्य तथा मालारानी गाउँ पालिकाका अध्यक्ष दलबहादुर भट्टराई, नेकपा एमाले जिल्ला कमिटीका उपाध्यक्ष ईश्वरा पोख्रेल, उपसचिव शम्भु प्रसाद पोख्रेल, जिल्ला कार्यालय सचिव लिला बि.क,  मालारानी पालिका कमिटीका ईन्चार्ज तिलक मिश्र, महिला नेतृहरु मिश्रा आचार्य, पुतला खनाल, विष्णु आचार्य, माया भुसाल, अनेमसंघका जिल्ला अध्यक्ष दिपा आचार्य, सचिव मेनका पौडेल, महिला नेतृ जानका खनाल, फूलमाया बि.क, नेकपा एमाले मालारानी पालिका कमिटीका का. वा. अध्यक्ष विष्णु मिश्र लगायतका वक्ताहरुले महिला अधिकार, सामजिक न्याय, महिला सशक्तिकरण र समाज रुपान्तरणको पक्षमा जोडदिए ।

सम्मेलनले महिला नेतृ राधा खनालको अध्यक्षतामा २३ सदस्यीय पालिका समितिको सर्वसम्मत चयन गरेको छ । नवनिर्मित समितिको उपाध्यक्षमा हरिमाया पाण्डे, सचिव करिश्मा खनल, सहसचिव भगवता बुढाथोकी र कोषाध्यक्षमा निर्मला मिश्रलाई चयन गरेको छ ।

कार्यक्रम अखिल नेपाल महिला संघ मालारानी गाउँ पालिका समितिका अध्यक्ष जुना घिमिरेको अध्यक्षता, सचिव सरस्वती खनालको संचालन र सरस्वता पाण्डेको स्वागत मन्तव्यमा सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?