२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार

पाकिस्तानमाथि भारतको सहज जित

आइसिसी एक दिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तानमाथि सहज जित निकालेको छ।

भारतको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भारत ७ विकेटले विजयी भयो। भारतको जितमा ब्याटिङ र बलिङ दुवैको महत्त्वपूर्ण भूमिका रह्यो।

भारतले टस जितेर पाकिस्तानलाई पहिला ब्याटिङको निम्तो दिएको थियो। पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ९१ र रन बनायो।

भारतले तीन विकेटको क्षतिमा ३०.३ ओभरमा जित हात पारेको हो। भारतका लागि कप्तान रोहित शर्माले ६३ बलमा ८६ रनको ब्याटिङ गर्दा श्रेयस अय्यरले नटआउट ५१ रन बनाए।

पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५० रन बनाए। ५८ बल सामना गरेका उनले ७ चौका प्रहार गरे। त्यस्तै मोहम्मद रिजवानले ६९ बलमा ४९ रन बनाए। इमाम उल हकले ३६, अब्दुल्लाह सफिकले २० र हसन अलीले १२ रन बनाए।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?