१९ मंसिर २०८०, मङ्लबार
१९ मंसिर २०८०, मङ्लबार

साथी बचत तथा ऋण सहकारी संस्थाको ११ औँ वार्षिक साधारणसभा सम्पन्न

अर्घाखाँची । सन्धिखर्कमा रहेको साथी बचत तथा ऋण सहकारी संस्थाको ११ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा संस्थाले आगामी वर्ष गर्ने कार्ययोजना सर्वसम्मतले पारीत गर्दै सम्पन्न भएको हो ।

साधारणसभाको उद्घाटन गर्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले सहकारी संघसंस्थाहरु आयआर्जनको बाटोमा लाग्न आग्रह गर्दै साथी बहुउद्देश्यले सञ्चालन गरेको विक्री केन्द्रमा जिल्लामा रहेको उत्पादनलाई प्राथमिकता दिएको भन्दै प्रंशशा गरे । उनले नगरपालिकाभित्र रहेका सहकारी संघसंस्थाहरु सहकारी ऐन, नियमअनुसार सञ्चालन गर्न आग्रह गर्दै विनियम विपरित काम गरेमा कार्वाही गर्ने चेतावनी दिए ।

साधारण सभाका अध्यक्ष तथा साथी साकोसका अध्यक्ष प्रकाश भुसालले सञ्चालक समितीको तर्फबाट प्रस्तावित वार्षिक निति तथा कार्यक्रम सहितको प्रगति प्रतिवेदन पेश गर्दै सहकारी संस्थाले बुटबल र सन्धिखर्कमा सेवा केन्द्र थप गर्ने बताए । २०६९ सालमा २९ जना युवाहरु मिलेर सञ्चालन भएको साथी साकोस ३३१६ शेयर सदस्य संख्या रहेकोमा संस्थाको शेयर पुँजी २ करोड ५० लाख ५२ हजार १ सय रहेको अध्यक्ष भुसालले बताए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हुमप्रसाद बन्जाडे, जिल्ला सहकारी संघका सचिव घनश्याम पौडेल, पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य, जिल्ला कोषाध्यक्ष रुद्रमणि भुसालले शुभकामना मन्तव्य राख्दै सहकारी संस्था सफलताको शुभकामना व्यक्त गरेका थिए ।

साधारणसभामा सहकारी संस्थाका व्यवस्थापक बसन्ता गुरुङ्गले सञ्चालक समितीद्धारा प्रस्तावित ११ औँ विस्तारित बैठकद्धारा पारित प्रस्तावित बजेट सहितको प्रगति प्रतिवेदन पेश गरेकी हुन् । त्यस्तै ऋण लगानी तथा धितो मुल्याङ्कन उपसमितीको तर्फबाट संयोजक डिलाराम भुसालले वार्षिक प्रतिवेदन, लेखासुपरिवेक्षण समितीको तर्फबाट विष्णुप्रसाद बन्जाडेले प्रतिवेदन पेश गरेका थिए ।साधारणसभाको अवसरमा ज्येष्ठ सदस्य सम्मान अन्र्तगत पुनाराम पौडेल, जिवलाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, असल ऋणी सदस्य सम्मान अन्र्तगत मिना खड्का, हिमबहादुर कुमाल, शान्ता घर्ती, बाबुराम सुनार, हिमा पुन, असल बचतकर्ता सदस्य अन्र्तगत जिवनकुमार श्रेष्ठ, रिता टण्डन, सफि मिया, ममता जिएम, प्रदिप आचार्य, पत्रकारहरुको तर्फबाट पत्रकार महासंघका कोषाध्यक्ष रुद्रमणि भुसाल, उत्कृष्ट कर्मचारी सम्मान अन्र्तगत बजार प्रतिनिधी पुजा खनाललाई सम्मान गरिएको हो ।उद्घाटन समारोह साथी सहकारीका अध्यक्ष प्रकाश भुसालको अध्यक्षता, सञ्चालक सदस्य केशब घिमिरेको सञ्चालन, शिक्षा उपसमिती संयोजक मञ्जु आचार्यको स्वागतमा सम्पन्न भएको हो ।

३ हजार ३१६ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी २ करोड ५० लाख ५२ हजार १ सय, पुँजी तथा दायित्व २१ करोड, ८० लाख ६५ हजार ७ सय १२, बचत संकलन रकम ३९ करोड २१ लाख ७९ हजार ४ सय ७६, ऋण लगानी ७ करोड ७२ लाख २३ हजार, नगद तथा बैंक मोज्दात ७ करोड ८५ लाख ४४ हजार १ सय १८ रहेको सहकारी संस्थाले जनाएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?