६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

नेविसंघ केन्द्रिय सदस्य घर्तीले गरे विद्यार्थीलाई सम्मान

लक्ष्मण घिमिरे । 

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य तथा नेपाल मगर विद्यार्थी संघ लुम्बिनी प्रदेश निवर्तमान अध्यक्ष प्रदीप घर्ती मगरले आफ्नो जन्मदिनमा विद्यार्थीलाई सम्मान गरेका छन् । जन्मदिन मनाउन फजुल खर्च गर्नुभन्दा विद्यार्थीलाई प्रोत्साहित गर्ने मनसायका साथ घर्तीले जेहेन्दार विद्यार्थीलाई सम्मान गरेका हुन् ।

एक कार्यक्रमका बीच लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत छात्रा आयुश्मा रेश्मीलाई सम्मान गर्दै उनले आफ्नो जन्मदिन मनाए । रेश्मीले स्नातक दोस्रो वर्षको परिक्षामा त्रिभुवन विश्वविद्यालयकै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकी थिईन् । रेश्मीलाई नगद ५ हजार पाँचसय ५५ रुपैयाँ, डायरी र दोसल्लाले सम्मान गरेका हुन्। सम्मान गर्दै घर्तीले राम्रो गर्ने विद्यार्थीलाई आफ्नो सदैव साथ रहने बताए ।

कार्यक्रमा प्रमुख अतिथि नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य राम बहादुर कार्की, नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य विकाश पाण्डे, नेपाली विद्यार्थी संघ रुपन्देही सभापति शमसेर खड्का, साना होटेल लोकतान्त्रिक संघ रुपन्देही अध्यक्ष शिवराज पोख्रेल, नेपाल विद्यार्थी संघ लुम्बिनी बाणिज्य क्याम्पस कर्यवाहक सभापति रेशम क्षेत्री, नेपाल मगर विद्यार्थी संघ रुपन्देही अध्यक्ष रमेश सारु, नेपाली काङ्ग्रेस युवा नेता नारायण सिंह बेल्बासे, लोक दोहोरी गायक दीपक दर्लामी मगर, नेपाल मगर विद्यार्थी संघ अर्घाखाँची सचिव सन्दीप पुन, नेपाल मगर विद्यार्थी रुपन्देही सचिव टेक राना, नेपाल विद्यार्थी संघ जिल्ला सदस्य हरि घिमिरे, जिल्ला सदस्य सागर पन्थी, विद्यार्थी नेता माधव केसी, स्ववियु सदस्य अमृता राना, स्ववियु सदस्य भुवनेश्वर अधिकारी, नेवीसंघकी नेतृ विजया कँडेल, लगायतको उपथितीमा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम प्रदिप घर्ति मगरको अध्यक्षता र नेविसंघ बुटवल बहुमुखी क्याम्पसका नेता सुरज पन्थीको संचालनमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?