८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

अर्घाखाँची: ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेवमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ।

छत्रदेव गाउँपालिका-८ लेडीकाटेको भित्री सडकदेखि देउराली जाँदै गरेको ना ३ त २९९२ नम्बरको ट्याक्टर सडक देखि २० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परि सहचालक पाणिनी गाउँपालिका वडा नम्बर ८ का २० वर्षिय थम्मन कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएका कुमालको उपचारको क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी बिक्रम रिजालले जानकारी दिए ।

ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको तथा घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?