८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

विश्वकपमा अस्ट्रेलियाको पहिलो जित

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा अस्ट्रेलियाले पहिलो जित निकालेको छ। सोमबार लखउनमा भएको खेलमा अस्ट्रेलियाले श्रीलंकामाथि ५ विकेटको जित हात पारेको हो। श्रीलंका भने लगातार तेस्रो खेलमा पराजित भयो।

श्रीलंकाले दिएको २१० रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेटको क्षतिमा ३५.२ ओभरमा पूरा गर्‍यो।  अस्ट्रेलियाका लागि मर्कस स्टोइनिसले नटआउट २० रन र ग्लेन म्याक्सवेलले नटआउट ३१ रन जोडे।

त्यसअघि मिचेल मार्सले ५२ रन र जोस इंग्लिसले ५८ रनको योगदान दिए। बलिङमा श्रीलंकाका दिलसान मधुसंकाले ३ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ४३.३ ओभरमा २०९ रनमा अलआउट भयो। श्रीलंका लागि ओपनरद्वय पाथुन निसंकाले ६१ रन र कुशल परेराले ७८ रन जोडे। दुईबीच पहिलो विकेटका लागि २१.४ ओभरमा १२५ रनको साझेदारी भयो। त्यसपछि भने श्रीलंका अरु ब्याटर चल्न सकेनन्।

बलिङमा अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिन सफल भए।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?