१४ मंसिर २०८०, बिहिबार
१४ मंसिर २०८०, बिहिबार

पार्टीभित्र अन्तरसम्बन्ध र संवादको खाँचो छ : सभापति बानियाँ

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ पार्टीमा अन्तरसम्बन्ध र संवाद कम नभएको बताएका छन् । भक्तपुरमा आयोजित ‘स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी  संगठनबीचको अन्तरसम्बन्ध’ बिषयक अभिमुखिकरण कार्यक्रम पार्टी र स्थानीय तहबीच समन्यव हुन जरुरी रहेको उनले बताए ।

‘नेपाली कांग्रेसको जग भनेकै स्थानीय तह हो । नेपाली कांग्रेसको रुखको जरा बलियो बनाउनुपर्छ । स्थानीय तहका जनप्रतिनिधिले जनताको पक्षमा निष्ठापूर्वक काम गरे कांग्रेस बलियो हुन्छ,’ उनले भने ।

जनतामा दिनदिनै बढ्दै गएको निराशमा भरोसा र विश्वास कांग्रेसले जगाउनुपर्ने सभापति बानियाँको भनाइ छ । ‘कम्तिमा महिनाको एक पटक कांग्रेसबाट जितेका स्थानीय तहका जनप्रतिनिधि र पार्टीको कार्यसमितिबीच अन्तरसम्बध र संवादको खाँचो छ । यसले हामीबीचको तिक्तता एकतामा बदलिन्छ । त्यो एकताले कांग्रेस मजबुद हुन्छ,’ उनी भन्छन् ।

पार्टीले दिएको निर्णय र निर्देशन नमान्ने भएपछि अराजकता निम्तिने उनको चिन्ता छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?