६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

सलमान खानको फिल्म ‘टाइगर ३’ को ट्रेलर

सलमान खान र कट्रिना कैफ अभिनीत फिल्म ‘टाइगर ३’ को ट्रेलर सार्वजनिक भएको छ।  सोमबार यशराज फिल्म्सको युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा सलमान र कट्रिनाको दमदार एक्सन देख्न सकिन्छ। यो यशराज फिल्म्सको स्पाइ युनिभर्सको फिल्म हो।

आदित्य चोपडाको लगानी रहेको फिल्मलाई मनिष शर्माले निर्देशन गरेका हुन्। फिल्ममा सलमान र कट्रिनासँगै इमरान हासमीको मुख्य भूमिका छ। फिल्ममा इमरान खलनायकको भूमिकामा देखिएका छन्। फिल्मको कथा आदित्य चोपडाले तयार पारेका हुन्।

फिल्म हिन्दी, तमिल र तेलगूमा १२ नोभेम्बरदेखि प्रदर्शन हुनेछ। यसका अघिल्ला सिरिज सन् २०१२ मा ‘एक था टाइगर’ र त्यसपछि ‘टाइगर जिन्दा है’ प्रदर्शन भएका थिए। ‘टाइगर ३’ पछि सलमान खान र शाहरूख खान ‘टाइगर भर्सेस पठान’ मा देखिनेछन्।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?