१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

विश्वकपमा आज भारत र बंगलादेश खेल्ने

एकदिवसीय विश्वकपमा बिहीबार आयोजक भारतले बंगलादेशको सामना गर्दैछ । खेल दिउँसो २ः१५ बजेदेखि महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम, पुणेमा हुनेछ ।

आजको खेल जिते टीम इन्डियाले लगातार चौथो खेल जित्नेछ । टोलीसँग न्युजिल्याण्डलाई उछिनेर अङ्क तालिकाको शीर्ष स्थानमा आउने मौका पनि छ। यदि टीम इण्डियाका कप्तान रोहित शर्माले आज शतक प्रहार गरे भने यो एकदिवसीय विश्वकपमा बंगलादेशविरुद्ध लगातार तेस्रो शतक हुनेछ। रोहितले यसअघि २०१५ (मेलबर्न) मा १३७ रन र २०१९ (बर्मिङघम) मा १०४ रनको इनिङ्स खेलेका थिए।

दुवै टोलीको यो विश्वकपमा चौथो खेल हुनेछ । भारतले पहिलो तीन खेल जितेको छ । टोलीले पहिलो खेलमा अस्ट्रेलिया, दोस्रोमा अफगानिस्तान र तेस्रो खेलमा पाकिस्तानलाई हराएको थियो । टोली हाल ६ अङ्कसहित अङ्क तालिकाको दोस्रो स्थानमा छ ।

अर्कोतर्फ बंगलादेशले तीन खेलमध्ये एउटा मात्र जित्न सकेको छ भने २ खेलमा हार बेहोरेको छ । टोलीले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो । जहाँ टिम इङ्ल्यान्ड र न्युजिल्याण्डसँग पराजित भएको थियो ।

भारतसँग लगातार चौथो जितको मौका छ
एकदिवसीय विश्वकपको कुरा गर्ने हो भने दुई टोलीबिच चार खेल भइसकेका छन् । जसमा भारतले तीन र बंगलादेशले एक खेल जितेको छ। यी दुईबिचको पहिलो खेल सन् २००७ को विश्वकपमा भएको थियो जसमा बंगलादेशले जित हात पारेको थियो । यसपछि टीम इन्डियाले लगातार ३ खेल जितेको छ ।

हेड–टू–हेड र भर्खरका रेकर्डहरू
समग्रमा हेड टु हेडको कुरा गर्दा भारत र बंगलादेशबिच हालसम्म कुल ४० एकदिवसीय खेलिएको छ । भारतले ३१ र बंगलादेशले ८ जित हात पारेको छ । एक खेल भने अनिर्णित रह्यो ।

भारत–टोलीले अन्तिम ५ मध्ये ४ खेल जितेको छ। जबकि एकमा हार बेहोरेको छ । बंगलादेश– टोलीले पछिल्ला ५ खेलमध्ये एउटा मात्र जितेको छ भने ४ खेल हारेको छ।

रोहित उत्कृष्ट फर्ममा
भारतीय टोलीका कप्तान रोहित शर्मा यो विश्वकपमा उत्कृष्ट लयमा देखिएका छन् । उनले विश्वकपमा हालसम्म खेलेका ३ खेलमा १ शतक र १ अर्धशतक बनाएका छन् । उनी टोलीका सर्वाधिक रन बनाउने खेला८ी हुन् । बलिङमा भने टिमका तीव्र गतिका बलर जसप्रित बुमराहले सर्वाधिक विकेट लिएका छन् ।

बंगलादेशविरुद्धको टोलीमा शार्दुल ठाकुरको स्थानमा मोहम्मद सामीलाई मौका मिल्न सक्छ । यसबाहेक टोलीमा अन्य कुनै परिवर्तन हुने देखिँदैन ।

शकिब खेल्नेमा शङ्का
बंगलादेशका कप्तान शकिब अल हसन भारतविरुद्ध खेल्नेमा शङ्का छ । न्युजिल्याण्ड विरुद्धको खेलमा ब्याटिङ गर्ने क्रममा उनको तिघ्रामा चोट लागेको थियो ।
बंगलादेशका लागि यो विश्वकपमा मुस्फिकुर रहिमले सर्वाधिक रन बनाएका छन् । उनको नाममा दुई अर्धशतक छ । टोलीका कप्तान शकिब अल हसन सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

पिच रिपोर्ट
पुणे स्टेडियमको विकेट ब्याटिङका लागि सहज छ। उच्च स्कोरिङ खेलहरू यहाँ हुन्छन्। यस रंगशालामा हालसम्म जम्मा ७ वटा एकदिवसीय खेल खेलिएको छ । पहिले ब्याटिङ गर्ने टोलीले चार खेल जितेको छ भने पछ्याउने टोलीले तीन खेल जितेको छ । पहिलो इनिङ्समा ब्याटिङ गरेको टोलीको औसत स्कोर ३०७ रहेको छ । यस्तो अवस्थामा टस जित्ने टोलीले पहिले ब्याटिङ गर्न रुचाउन सक्छ ।

मौसम पूर्वानुमान
बिहीबार पुणेको तापक्रम २२ देखि ३३ डिग्री सेल्सियससम्म रहनेछ। घाम लाग्नेछ तर केही बादलहरू पनि हुनेछन्। वर्षाको सम्भावना १५ छ। खेलअघि बुधबार साँझ यहाँ हल्का पानी परेको भए पनि आज घाम लाग्ने पूर्वानुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?