१४ मंसिर २०८०, बिहिबार
१४ मंसिर २०८०, बिहिबार

रवी लामिछाने अर्घाखाँची आउँदै, कति आउलान सुभेच्छुक ?

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने अर्घाखाँची आउने भएका छन् । आउँदो कार्तिक २० गते सोमवार उनि अर्घाखाँची आउने रास्वपा अर्घाखाँचीले जनाएको छ ।

पार्टीले सन्धिखर्क टुँडिखेलमा २० गते दिंउसो आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न लामिछाने अर्घाखाँची आउने भएका हुन् । कार्यक्रममा सभापति लामिछाने सहित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्की, केन्द्रिय सदस्य अर्जुन अधिकारी, प्रशिक्षण विभाग प्रमुख अनिल केसरी शाह लगायत नेताहरु आउँदै छन्।

कति आउलान् सुभेच्छुक ?
रवी लामिछाने पहिलो पटक अर्घाखाँची आउँदैछन् । यसअँघी उनि अन्य जिल्लामा गएका कार्यक्रममा सहभागीले उत्सुकता देखाएका छन् । आम नागरिकको राम्रो साथ पाएका रवीलाई अर्घाखाँचीले साथ दिन्छ या दिन्न ? त्यसैदिनमा पुष्टी हुनेछ ।

आयोजकले पाँच हजार सुभेच्छुक आउने आँकलन गरेका छन् । उनको धाराप्रवाह मन्तव्य सुन्नकै लागी भएपनि बाक्लो उपस्थिती रहने आँकलन गरिएको छ ।

दसैं लगायत चाडबाडको बेला भएकाले बाहिरी जिल्ला बस्ने, भारत बस्ने, तेस्रो मुलुकमा रोजगारीका लागी गएका नेपालीहरु अहिले घरमा छन् । उनिहरुको पनि राम्रो साथ रहने छ । यस्तै पुराना दलहरुप्रतीको विश्वास गुमाएका र नयाँ अपेक्षा गरेका नागरिकहरु कार्यक्रममा उपस्थित हुनेछन् । यस्तै उनको स्टारडमलाई मन पराउने, टिभी शो चलाउँदाका फ्यानहरुको पनि बाक्लो उपस्थिती रहने देखिन्छ ।

उनि पहिलो पटक जिल्लामा आउन लागेकाले उनलाई हेर्न, सुन्न र सकेसम्म सेल्फी खिचाउने दाउमा सुभेच्छुकको घुँईचो लाग्ने आँकलन गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (96%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (4%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?