१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

अर्घाखाँची : नेपाली काङ्ग्रेस महासमिति सदस्यका लागी १५ गते निर्वाचन हुने

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाली कांग्रेस महासमिति सदस्यको सहमतीबाट टुङ्गो नलागेपछी निर्वाचन प्रक्रियामा जाने भएको छ । जिल्ला कार्यसमितिले बारम्बार सहमतीको प्रयास गर्दा सहमती हुन नसकेपछी निर्वाचनमा जाने तयारी गरिएको कांग्रेस जिल्ला सभापती केशव श्रेष्ठले जानकारी दिए ।

महासमिति सदस्यका लागि कात्तिक १० गते मनोनयन दर्ता गर्ने र १५ गते निर्वाचन गर्ने कांग्रेस जिल्ला कार्यसममितिले निर्णय गरेको छ । बिहिवार बसेको काङ्ग्रेस अर्घाखाँचीको बैठकले सहमतीबाट महासमिति चयन गर्ने बाटो सकिएकाले अबको विकल्प निर्वाचन रहेको निष्कर्ष निकालेको छ ।

सभापति केशव श्रेष्ठको सभापतित्व, जिल्ला सचिव कृष्णप्रसाद खनालको सन्चालनमा सम्पन्न भएको बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, ६ वटा पालिकाका सभापती, क्षेत्रिय सभापतीहरुले आआफ्नो धारणा राखेका थिए । बैठकमा सहमत हुन नसकेपछी निर्वाचनको मिति तोकिएको काङ्ग्रेस प्रचार विभाग प्रमुख सुर्य प्रसाद भुसालले जानकारी दिए।

तपाईको प्रतिक्रिया
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (33%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?