१६ मंसिर २०८१, आइतवार
१६ मंसिर २०८१, आइतवार

अर्घाखाँची : नेविसंघको चियापान, पदभार ग्रहण तथा सम्मान कार्यक्रम

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति अर्घाखाँचीले एक कार्यक्रमका बिच पदभार ग्रहण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसको भातृ संगठनका रुपमा रहेको नेविसंघले दसैं लगायत चाडपर्वको अवसरमा चियापान कार्यक्रमको आयोजना गर्दै पदभार ग्रहण गरेको हो ।

नेविसंघका जिल्ला अध्यक्ष कृष्ण भुसालले विस्तार गरेको जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आज पदभार ग्रहण गरेका छन् । भुसालले २१ सदस्यिय कार्यसमिति विस्तार गरेका थिए । यस्तै कार्यक्रममा नेविसंघ अर्घाखाँचीका संस्थापन अध्यक्ष बालकृष्ण श्रेष्ठदेखी निवर्तमान अध्यक्ष भरतमणी भट्टराईसम्मलाई सम्मान गरिएको नेविसंघका सचिव राजेन्द्र रायमाझीले जानकारी दिए ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सह–महामन्त्री बिष्णु मुस्कानले नेविसंघमा आबद्ध हरेक विद्यार्थी अन्य क्रियाकलापसंगै पढाईमा पनि अब्बल हुनुपर्ने बताएका छन् । नेविसंघमा आबद्ध विद्यार्थी पढाईमा समेत अब्बल हुनुपर्छ भन्ने मान्यताका साथ आफुले पढ्ने स्कुल, कलेज, विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरी पढ्न उनको आग्रह थियो । हरेक परिवर्तनका आन्दोलनमा नेविसंघको भुमिका उत्कृष्ट रहेको भन्दै उनले आउँदा दिनमा समेत देशको नेतृत्व गर्ने जनशक्ती नेविसंघले उत्पादन गर्नेमा विश्वस्त रहेको बताए ।

कार्यक्रममा मन्तव्य राख्दै नेपाली कांग्रेसका जिल्ला सभापती केशव श्रेष्ठ, नेविसंघका पुर्व अध्यक्ष तथा कांग्रेस जिल्ला सह–सचिव मेघराज पाण्डे, नेविसंघका पुर्व अध्यक्ष तथा कांग्रेस जिल्ला सचिव कृष्ण खनाल, क्षेत्रिय सभापती हेमन्त बेल्वासे, सन्धिखर्क नगर अध्यक्ष बाबुराम भुसाल, पुर्व विद्यार्थी घनश्याम पौडेल लगायतले मन्तव्य राख्दै नेविसंघ कांग्रेसको नर्सरी भएकाले दक्ष र भिजन भएको नेविसंघ बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रमको समापन गर्दै नेविसंघ अध्यक्ष भुसालले अब छिटै नेविसंघको अधिवेशन गराउने बताए । आफुलाई दिएको म्यान्डेड अनुसार काम गरिरहेको भन्दै उनले छिटै अधिवेशन गर्ने बताए ।

कार्यक्रम नेविसंघ जिल्ला अध्यक्ष कृष्ण भुसालको अध्यक्षता, राजेन्द्र रायमाझीको स्वागत मन्तव्य तथा सचिव बसन्त पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?