१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

सिमलपानी सृजनशिल युवा क्लबको आयोजनामा भलिभल प्रतियोगिता हुँदै

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । सिमलपानी सृजनशिल युवा क्लबको आयोजनामा भलिभल प्रतियोगिता हुँदैछ । विजयादशमी तथा तिहार लगायत चाडबाडको अवसरमा क्लबले खुला अन्तर वडास्तरिय भलिभल प्रतियोगिता राख्ने भएको हो ।

कार्तीक ४ गतेबाट हुने प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । शितगंगा नगरपालिका १३, प्रभाकर मावीको प्राङ्गणमा प्रतियोगिता सञ्चालन हुनेछ । ३ गते बेलुकासम्म टिम दर्ता गरीसक्न आयोजकले आग्रह गरेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार रुपैंया नगद, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमलाई १५ हजार रुपैंया नगद, ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमलाई १० हजार रुपैंया नगद, ट्रफी, मेडल र प्रमाणपत्र तथा सान्त्वना हुने टिमलाई ५ हजार नगद र प्रमाणपत्र प्रदान गरिने सिमलपानी सृजनशिल युवा क्लबका अध्यक्ष खिमबहादुर बिसीले जानकारी दिए।

टिम दर्ता शुल्क २ हजार पाँचसय लाग्नेपनि आयोजकले जनाएको छ । भलिभल प्रतियोगितासंगै अन्य सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?