८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

एसीसी-१९ को प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा आज नेपाल र जापानको खेल

मलेसियामा चलिरहेको एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको पहिलो सेमिफाइनलमा आज नेपाल र जापानको खेल हुँदैछ । वाईएसडी यूकेएम ओभलमा हुने खेल अहिले बिहान सवा ७ बजे शुरु हुँदैछ ।

नेपाल समूह ‘ए’ को विजेता र जापान समूह ‘डी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । समूह चरणमा नेपाल अपराजित रहेको छ । नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रन र दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो ।

यस्तै, नेपालले समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई ३ सय २ रनले हराएको थियो । आजै हुने अर्को सेमिफाइनलमा यूएई र सिङ्गापुरबीच प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?