१४ मंसिर २०८०, बिहिबार
१४ मंसिर २०८०, बिहिबार

युक्रेनले लडाकु विमान प्राप्त गर्दै

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशले सन् २०२४ को पहिलो छ महिनामा एफ–१६ लडाकु विमान प्राप्त गर्न सक्ने बताएका छन् । “मलाई लाग्छ यो अर्को वर्षको पहिलो छ महिनामा हुनेछ”, उनको भनाइ उद्धृत गर्दै इन्टरफ्याक्स–युक्रेन समाचार समितिले बिहीबार बताएको छ ।

उचित पूर्वाधारको व्यवस्था गरिसकेपछि र युक्रेनी पाइलटहरूले तालिम लिइसकेपछि एफ–१६ जेटहरूको डेलिभरी हुने उनले बताए ।  गत हप्ता युक्रेनी सेनाका प्रवक्ता युरी इग्नाटले बताए अनुसार युक्रेनी पाइलटहरूले केही हप्तामा वास्तविक एफ–१६ जेटमा प्रशिक्षका साथ उडान सुरु गर्ने जानकारी दिएका थिए ।

नेदरल्यान्ड्स, डेनमार्क,नर्वे र बेल्जियमले रुससँग द्वन्द्वका बीच युक्रेनलाई उसको लडाकु विमानको अवस्थालाई उन्नत बनाउनएफ–१६ लडाकू विमान हस्तान्तरण गर्ने वाचा गरेका थिए । यसैबीच युक्रेनले स्थायी रुपमा अमेरिकाबाट स्थायीरूपमाएटीएसीएमएस लामो दूरीका क्षेप्यास्त्रहरु प्राप्त गर्ने भएको छ । सरकारी समाचार समिति युक्रेनफर्म बिहीबार विदेशमन्त्री कुलेबालाई उद्धत गर्दै उक्त कुरा बताएको हो ।

युक्रेनलाई एटीएसीएमएसको आपूर्ति सम्झौता गत महिनामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकीराष्ट्रपतिजो बाइडेनको बीच भएको कुलेबाले बताए ।

“सम्झौता सम्पन्न गर्न र हाम्रो मार हान्ने क्षमतालाई सुदृढ बनाउनका लागि हामी अमेरिकाको सराहना गर्छौँ”, पहिला नै प्राप्त मिसाइलको सङ्ख्या उल्लेख नगरी मन्त्री कुलेबाले भने ।

एटिएसीएमएस अमेरिकी प्रतिरक्षा कम्पनी लकहिडद्वारा निर्मित सामरिक ब्यालेस्टिक मिसाइल हो । यसको मार हान्ने क्षमता करिब तीन सय किलोमिटरसम्म रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?