१६ मंसिर २०८१, आइतवार
१६ मंसिर २०८१, आइतवार

इरानी हिरासतमा मारिएकी अमिनीलाई सर्वोच्च मानवअधिकार सम्मान

युरोपेली संघले बिहीबार इरानी कुर्द महिला महसा अमिनीलाई आफ्नो सर्वोच्च मानवअधिकार सम्मान, सखारोभ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। एक वर्षअघि महसा अमिनीको इरानी प्रहरीको हिरासतमा मृत्यु भएपछि इरानमा ‘महिला, जीवन, स्वतन्त्रता’ आन्दोलन सुरु भयो ।

युरोपेली संसदकी सभामुख रोबर्टा मेत्सोलाले भनिन्, ‘२२ वर्षीया महसा अमिनीको निर्मम हत्या एउटा ठूलो घटना साबित भयो। यसले महिला नेतृत्वको आन्दोलन सुरु गर्यो जसले इतिहास रचेको छ।’

५३ हजार डलर राशिको सखारोभ पुरस्कार डिसेम्बर १३ मा युरोपेली संसदमा हुने एक समारोहमा प्रदान गरिने छ। दुई साताअघि नोबेल शान्ति पुरस्कार इरानमा बन्दी मानव अधिकारकर्मी नरगिस मोहम्मदीलाई दिने घोषणा गरिएको थियो ।

अमिनीको मृत्यु १६ सेप्टेम्बर २०२२ मा भएको थियो। उनलाई इरानको धार्मिक प्रहरीले इस्लामिक रिपब्लिकको ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको थियो। उनका परिवार र समर्थकहरुले उनको हत्या भएको दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?