३ साउन २०८१, बिहिबार
३ साउन २०८१, बिहिबार

नोकियाले १४ हजार कर्मचारी कटौती गर्ने

फिनिस टेलिकम कम्पनी नोकियाले खर्च कम गर्न ठूलो संख्यामा कर्मचारी कटौती गर्ने भएको छ । उसले सन् २०२६ सम्म ९ हजारदेखि १४ हजारसम्म कर्मचारी कटौती गर्ने घोषणा गरेको हो ।

नोकिया कुनै समय विश्वको सबभन्दा ठूलो ह्याण्डसेट निर्माता कम्पनी थियो । तर स्मार्टफोनको दुनियाँमा पछाडि पर्‍यो र पछिल्लो समय उसले ५जी उपकरणको कारोबार थाल्यो ।

तर जुलाइदेखि सेप्टेम्बरको बीचमा नोकियाको बिक्री २० प्रतिशतले घटेको छ । स्वीडेनको एरिक्सन र चीनको हुवावेसँगको ५जी नेटवर्कको प्रतिस्पर्धामा नोकियाको बिक्री २०२३ को तेस्रो महिनामा २० प्रतिशतले घटेर ४.९८ बिलियन युरो भएको छ । नोकियाले २०१५ मा नौ हजार कर्मचारी कटौती गरेको थियो ।

हाल विश्वभरमा नोकियाका लागि ८६ हजार कर्मचारी काम गर्छन् । अब हुने कर्मचारी कटौतीपछि यो संख्या ७२ हजारसम्म झर्ने अपेक्षा छ ।
यसले लागत १.२ बिलियन युरोसम्म कटौती हुने कम्पनीको अपेक्षा छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?