२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

न्युजिल्यान्डविरुद्ध भारतले टस जित्यो,न्युजिल्यान्ड पहिला व्याटिङ गर्दै

विश्वकप क्रिकेटको १३ औ सस्करणको खेलमा न्युजिल्याण्डविरुद्ध भारतले टस जितेको छ।आयोजका भारतले टस जितेर न्युजिल्याण्डलाई पहिला व्याटिङ गर्ने निम्तो दिएको छ।

भारतको हिमाचल प्रदेशको धर्मशालास्थित एचपिसिए स्टेडियममा नेपाली समय अनुसार दिउँदो २ः१५ बजे सुरु हुनेछ। जारी लिगमा भारत र न्युजिल्यान्डले कुनैपनि खेल गुमाएको छैन।त्यसकारण पनि आजको खेल रोमाञ्चक हुने देखिन्छ।

न्युजिल्यान्ड लिगको शिर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ। समान ४/४ खेल खेलेको दुबै टोलीले ४ वटैमा जित हात पारेपनि भारत रनरेटको आधारमा दोस्रो र न्युजिल्यान्ड पहिलो स्थानमा रहेको छ।

रोहित शर्माको कप्तानीमा रहेको भारत आजको खेलमा जित हात पार्दै शिर्ष स्थानमा उक्लिन चाहन्छ भने न्युजिल्यान्ड आफ्नो स्थान कायम राख्न चाहन्छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?