१४ मंसिर २०८०, बिहिबार
१४ मंसिर २०८०, बिहिबार

भालुको आक्रमणबाट एक बालिका घाइते

साेलुखुम्बुमा भालुकाे आक्रमणबाट एक बालिका घाइते भएकी छिन् । भालुकाे आक्रमणबाट माप्यदूधकोशी गाउँपालिका-५ की १३ वर्षीया एन्जल पुडासैनी घाइते भएकी हुन् ।

उनकाे  टाउको, ढाड, कुम, तिघ्रालगायत शरीरका ९ ठाउँमा चोट लागेकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उनकाे जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको अस्पतालका प्रमुख डाक्टर प्रशान्त शाहले बताए ।

माप्य दूधकोशी गाउँपालिका-५ को रामपुर माविमा कक्षा ८ मा अध्यनरत पुडासैनीलाई काकु माविमा ट्युसन जाने क्रममा भालुले आक्रमण गरेको बालिकाका बुबा एकराज पुडासैनीले बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?