२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

गएकाे एक सातामा अर्घाखाँचीका विभिन्न नाका हुँदै करिब २१ हजार मानिस जिल्ला भित्रिए

लक्षमण घिमिरे ।
अर्घाखाँची । गएको एकसातामा अर्घाखाँचीका विभिन्न नाका हुँदै करिब २१ हजार मानिस जिल्ला भित्रिएका छन् । दसैं लगायत पर्वलाई लक्षित गरेर जिल्ला भित्रनेको संख्या बढेको हो ।

असौज २८ गतेदेखी कार्तिकको ५ गतेसम्म पत्थरकोट सिमाबाट मात्रै १२ हजार मानिस जिल्ला भित्रिएका छन् । ईलाका प्रहरी कार्यालय ठाडाका अनुसार आज बिहान ७ बजेसम्म १२ हजार ७२ जना मानिस जिल्ला भित्रिएका छन् । यस्तै सालझन्डी सिमा, गुल्मी सिमा, पाल्पा सिमा, प्युठान सिमा लगायतबाट करिब ९ हजार मानिस जिल्ला भित्रिएको अनुमान गरिएको छ ।

पत्थरकोट नाकाबाहेक अन्य सिमाहरुको तथ्याङ्क यकिन नभएपनि करिब ९ हजार मानिस भित्रिएको अनुमान गरिएको छ । जिल्लावासी अझै आउने क्रम जारी रहेकाले अबको दुई दिनमा यो संख्या बढ्ने अनुमान गरिएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रमुख ऋषीराम घर्ती मगरले जानकारी दिए । दसैको दिनसम्म करिब ३० हजार मानिस जिल्ला भित्रने अनुमान गरिएको छ ।

यो एक सातामा करिब १ हजार ४ सय सवारीसाधन जिल्ला भित्रिएको तथ्याङ्क छ । यसका अलावा एकसातामा करिब ३ हजार ४ सय जनाले सुपादेउराली मन्दिरको दर्शन गरेका छन् । यो संख्या पत्थरकोट हुँदै आएका दर्शालु भक्तजनको मात्र हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?