६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

हङकङमाथि यूएई ६ विकेटले विजयी

त्रिकोणात्मक टी-२० श्रृंखलामा यूएईले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।

आइतबार मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको १५० रनको लक्ष्य यूएईले १८ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान मोहम्मद वासिमले सर्वाधिक ४० रन बनाए भने खालिद शाहले ३७ रनको योगदान दिए । यसअघि पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

उसको सुरुआत भने खराब थियो । पावर प्लेमा २५ रन जोड्दा तीन विकेट गुमाएको हङकङको पारी बाबर हायात र एजाज खानले सम्हालेका थिए । दुवैले चौथो विकेटका लागि ११४ रनको साझेदारी गरे । बाबरल ६६ रन बनाउँदा एजाजले ४८ रन जोडे । यूएईका निलांश केसवानीले २ विकेट लिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?