दुर्गाफाँटमा पाणिनि गाउँपालिका स्तरिय हिन्दु जागरण युवा स्वयंसेवक गठन

अर्घाखाँची । हिन्दुधर्म रक्षा परिषद्का केन्द्रिय अध्यक्ष नारायणप्रसाद खनालले हिन्दु धर्मको रक्षामा सबै लाग्नुपर्ने बताएका छन् । अर्घाखाँचीको पाणिनी गाउँपालिका दुर्गाफाँटमा आयोजित पाणिनि गाउँपालिका स्तरिय हिन्दु जागरण युवा स्वयंसेवक गठन कार्यक्रमको उद्घाटन गर्दै खनालले नेपालमा जनमत संग्रह गरेर भएपनि हिन्दुराज्य घोषणा गर्न लाग्नुपर्नेमा जोड दिए ।
विश्वले मानेको हिन्दुधर्म सबै धर्मले स्विकार गर्न सक्ने भएकाले एकदिन नेपाल हिन्दुराज्य हुने उनको भनाई छ।कार्यक्रममा पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतमले धार्मिक संघसंस्थाहरू राजनितीक दाग नलगाई स्वच्छ रूपले धर्मको रक्षाका लागि लाग्नुपर्ने बताए ।
कार्यक्रममा हिन्दुधर्म रक्षा परिषद्का केन्द्रीय कोषाध्यक्ष राजकुमार श्रेष्ठ, पत्रकार घनश्याम पौडेल, कमला माविका प्रधानाध्यापक गोविन्दराज पन्थि, प्रतीक पोख्रेल लगायतले शुभकामना मन्तव्य राखे। भेलाले हुमकान्त पोख्रेलको अध्यक्षता २५ सदस्यीय पाणिनि गाउँपालिका स्तरिय हिन्दु जागरण युवा स्वंयमसेवक समितिको गठन गरेको छ।
कार्यक्रम हिन्दु जागरण युवा संघका अध्यक्ष नारायण खड्काको अध्यक्षता, विष्णु मरासिनिको स्वागत मन्तव्य र उपाध्यक्ष अतीश विकको सञ्चालनमा सम्पन्न भएको हो ।