१४ मंसिर २०८०, बिहिबार
१४ मंसिर २०८०, बिहिबार

त्रिकोणात्मक टी–२० क्रिकेटः नेपालले आज युएईसँग खेल्दै

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले आज फेरि युएईसँग खेल्न लागेको छ। जारी सिरिजमा एक खेल अगावै फाइनल प्रवेश गरिसकेको नेपालले आज यूएईसँग खेल्न लागेको हो।

मुलपानी क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल अहिले बिहान ११ बजे सुरु हुनेछ। नेपालले यसअघि युएईलाई पहिलो खेलमा ७ विकेटले पराजित गरेको थियो। युएई आजको खेलम नेपाललाई पराजित गर्दै फाइनल प्रवेश गर्न चाहन्छ।

नेपाल जारी सिरिजमा ३ खेलमा ६ अङ्क जोडेर शीर्ष स्थानमा छ भने यूएई २ खेलबाट अङ्कसहित दोस्रो स्थानमा छ। लगातार तीन खेलमा पराजित भएको हङकङ अङ्कबिहीन हुँदै पुछारमा छ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?