अर्घाखाँची-ढिकुरा-रुपन्देही सम्पर्क समाजमा नयाँ कार्यसमिती गठन

अर्घाखाँची-ढिकुरा-रुपन्देही सम्पर्क समाजमा नयाँ कार्यसमिती गठन

अर्घाखाँची । अर्घाखाँची-ढिकुरा-रुपन्देही सम्पर्क समाजले दिलबहादुर थापा (बिन्दु) को अध्यक्षतामा १५ सदस्यिय कार्यसमिती चयन गरेको छ ।

शनिवार भएको प्रथम साधारणसभामा उपाध्यक्ष बसन्ता घिमिरे, बाबुराम भट्टराई, सचिवमा ऋषव पोख्रेल, कोषाध्यक्षमा बलराम घिमिरे, सहसचिवमा कमला घिमिरे चयन भएका छन् । यस्तै सदस्यहरुमा अभय पौडेल, अजय घिमिरे, प्रकाश भाट, राधा घिमिरे, गोविन्द खनाल, पारस मरासिनी, भिम खनाल, बिष्णु केसी र कृष्णप्रसाद घिमिरे सर्वसहमत चयन भएका छन् ।

भुमिकास्थान नगरपालीका वडा नम्बर-९, ढिकुराबाट बसाईसराई गरी रुपन्देही बस्ने र रुपन्देहीलाई कर्मथलो बनाएर बसोबास गर्नेहरुको साझा सम्पर्क समाज निर्माण गरिएको हो । २०७२ सालमा स्थापना भएको समाजले विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आएको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (83%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (17%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *