१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुग्न आज यूएई र हङकङ खेल्दै

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज यूएई र हङकङ खेल्दैछन् । खेल मूलपानी क्रिकेट मैदानमा दिउँसो एक बजे शुरु हुनेछ । नेपाल, यूएई र हङकङ सहभागी शृङ्खलामा चार खेल जितेर नेपाल फाइनलमा पुगिसकेको छ । नेपालको आठ अङ्क छ ।

एक खेल जितेको यूएई दुई अङ्कसहित दोस्रो स्थानमा छ । हङकङ अङ्कविहीन छ । आजको खेल जितेमा वा बराबरी भएमा यूएई फाइनलमा पुग्नेछ । आजको खेलमा जितसहित रनरेटमा यूएईलाई पछि पार्न सके मात्रै हङकङ फाइनलमा पुग्नेछ ।

फाइनल खेल पर्सि शुक्रवार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?