विकट भनेर चिनिने अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ शान्ति बगैँचाको मुनिपट्टि अत्याधुनिक सेवासहितको २४ शय्याको अस्पताल खुलेको छ ।सन्धिखर्कमै अत्याधुनिक सेवासहितको अस्पताल सञ्चालनमा आएपछि बिरामी भएर उपचारकालागि बुटवल तथा अन्य ठाउँका अस्पतालमा जानुपर्ने बाध्यता हटेको छ ।
सामान्य रोगका बिरामीहरुको लागि पनि उपचारकालागि अर्घाखाँची बाहिर जानु पर्ने अवस्था भएपछि विकट मानिने अर्घाखाँचीमा छायाँ हस्पिटल प्रालि सञ्चालन गरिएको अस्पतालका फिजिसियन तथा मुटु रोग विशेषज्ञ डाक्टर प्रदीपजंग केसीले बताए।
अर्घाखाँची जिल्लामा शल्यक्रियाको सुविधासहितको अस्पताल नभएका कारण आफूहरुले अस्पताल सञ्चालनमा ल्याएको केसीको भनाइ छ । अस्पतालमा फिजिसियन सेवा, मुटु रोग सेवा, महिला तथा प्रसूति रोग सेवा, स्त्री रोग सेवा, हाडजोर्नी तथा नशा रोग सेवासहितका सेवाहरु रहेका छन् । अस्पताल खुलेपछि सामान्य रोग लाग्दा पनि उपचारका लागि बुटवल, पाल्पा, चितवन, काठमाण्डौलगायतका ठाउँमा जानु पर्ने बाध्यता हटेको छ ।
जटिल प्रकारका सुत्केरीको शल्यक्रिया समेत भइरहेको अस्पतालका महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नीता श्रेष्ठले बताईन् । @https://ujyaaloonline.com