६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्ड लुम्बिनीमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उनी लुम्बिनी  आइपुगेका हुन् ।  एन्टोनियो गुटेरेस अन्नपूर्ण बेसक्याम्पबाट आउन केही समय ढिला हुने भए पनि प्रधानमन्त्री दाहाल पहिले नै यहाँ पुगेका हुन् ।

पूर्वनिर्धारित समय तालिकाअनुसार बिहान पौने ९ बजे गुटेरेस आउने बताइए पनि बेसक्याम्पमा भएको ढिलाइले केही समय लाग्ने भएको लुम्बिनी विकास कोषले जनाएको छ।

प्रधानमन्त्रीलाई यहाँ विकास कोषका पदाधिकारीलेहरुले स्वागत गरेका थिए।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?