६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

भुमिकास्थान-९ का कुँवर बन्दुक सहित पक्राउ

सागर महत ।
अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ निन्नुखर्क बस्ने २६ वर्षीय बिष्णु कुँवरलाई एकनाले भरूवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ ।

कुँवरले आफ्नै वुवा तथा छरछिमेकलाई घरमा राखेको बन्दुक देखाई तर्साएको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी धन्चौरबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?