ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

रोल्पा । रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

रोल्पाको रून्टीगढी गाउँपालिका वडा नम्बर-६, गातिनामा गएराति ना ७ त ६४०० नम्बरको ट्याक्टर दुर्घटना हुँदा गातिनाका ३१ वर्षीय खगेन्द्र रानाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक शंकर खड्काका अनुसार ट्याक्टरले च्यापिएर रानाको घटनास्थलमै ज्यान गएको हो ।

ट्याक्टर चालक रोल्पाको मिरुल घर भई हाल दाङ देउखुरीको सिसहनियाँ बस्ने बलप्रसाद बुढामगरलाई इलाका प्रहरी कार्यालय होलेरीले नियन्त्रणमा लिएको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *