रूपन्देहीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । गैडहवा गाउँपालिका-२ बिचौवापुर सडकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीय ४२ वर्षीय बिजेन्द्र पासीको सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
सोमबार साँझ लु ८७ प ४२८५ नम्बरको मोटरसाइलको ठक्करबाट गम्भीर घाइते उनको भीम अस्पताल भैरहवामा मंगलबार बिहान मृत्यु भएको हो ।