नेपाल विरुद्ध खेलीरहेको ओमानले पावरप्लेमै आफ्ना महत्वपुर्ण चार विकेट गुमाएको छ । आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय सही साबित भएको हो ।
सुरुवाती ६ ओभरमा ओमानले ४३ रन बनाएको छ । नेपालका लागी सोमपाल कामीले दुई, करण केसी र गुलशन झाले एक-एक विकेट लिएका छन् ।