आन्ध्र प्रदेशमा आइतबार राति भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । ५० जना घाइते छन् ।
विजयनगर जिल्लामा दुई यात्रुवाहक रेल एकापसमा ठोक्किएर दुर्घटना भएको हो । विशाखापट्टनम–रायगडा यात्रु रेल र विशाखापट्टनम–पलासा रेल आपसमा ठोक्किएको हो । विशाखापट्टनम–रायगडा रेलका चालकले रेडलाइटमा नरोकिई ट्रेनलाई अगाडि बढाएका कारण दुर्घटना भएको बताइएको छ ।
पछिल्लो समय भारतमा रेल दुर्घटना बढेको छ । गत जुन २ मा ओडिसा बालासोरमा भएको दुर्घटनामा २ सय ९३ जनाको मृत्यु भएको थियो । यसै महिना बिहार र उत्तरप्रदेशमा भएका अलगअलग रेल दुर्घटनामा पनि १७ जनाको मृत्यु भएको छ ।