१६ जेष्ठ २०८१, बुधबार
१६ जेष्ठ २०८१, बुधबार

युट्युबमा आयो ‘कबड्डी ४’

गत वर्षको हिट फिल्म ‘कबड्डी ४’ युट्युबमा रिलिज भएको छ । निर्माण संस्था बाँसुरी फिल्मस्ले आफ्नै युट्युब च्यानलमार्फत यो फिल्म रिलिज गरेको हो ।

हलमा २२ करोडको व्यवसाय गर्न सफल फिल्म रामबाबु गुरुङले निर्देशन गरेका हुन् । विदेशी बजारबाट पनि फिल्मको आम्दानी राम्रो मानिएको छ ।  दयाहाङ राई, मिरुना मगर, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको ‘कबड्डी ४’लाई पहिले ‘कबड्डी’ अन्तिम सिक्वेल भनिएको थियो । तर, अब निर्देशक गुरुङ ‘कबड्डी ५’ बनाउने तयारीमा जुटेका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?