आइसीसी टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले १४६ रनको लक्ष्य पाएको छ । नेपाल विरुद्ध पहिले ब्याटिङ्ग गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १४५ रन बनाएको हो ।
नेपालले जितका लागी १४६ रन बनाउनु पर्ने हुन्छ । ओमानका लागी झिसान मक्सुदले ३३, नशिम खुशीले २५, प्रतिक अथवालेले २४ र शकिल अहमदले २२ रनको योगदान दिए ।
नेपालका लागी करण केसीले चार ओभर बलिङ्ग गर्दै तिन विकेट लिए । यस्तै सोमपाल कामी र सन्दिप लामिछानेले समान दुई-दुई विकेट तथा अविनाश बाहोरा र गुलशन झाले एक-एक विकेट लिएका छन् ।
नेपालले केही समयमै जवाफी ब्याटिङ्ग थाल्ने छ ।