१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

इजरायल–हमास युद्धः ११ हजारभन्दा बढीको मृत्यु, १५ लाखभन्दा बढी विस्थापित

इजरायल–हमास युद्धको एक महिनाको अवधिमा ११ हजारभन्दा बढीको मृत्यु भएको छ। जसमा ४ हजारभन्दा बढी बालबालिका रहेका छन्।

बीबीसीका अनुसार गाजास्थित हमास शासित स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार युद्ध सुरु भएदेखि हालसम्मको अवस्थामा गाजामा मात्रै ९ हजार ७ सय ७० जनाको मृत्यु भएको छ। जसमा चार हजार ८ सयभन्दा बढी बालबालिकाका रहेका छन्।

प्यालेस्टिनी विदेश मन्त्रालयका अनुसार गाजा पट्टीमा १६ लाख ५० हजार बालबालिका छन्। तीमध्ये युद्धका कारण अझैपनि कम्तिमा १ हजार ५० बालबालिकासहित करिब १९ सय ५० नागरिक भग्नावशेषमुनि रहेका छन्।

यसैबीच, २ हजार मानिसहरू मध्ये करिब १२ सय ५० बालबालिका बेपत्ता भएको रिपोर्ट प्राप्त भएको प्यालेस्टिनी क्षेत्रमा मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्र कार्यालयले जनाएको छ।

त्यसैगरी युद्धका कारण इजरायलतर्फ पनि १ हजार ४ सयभन्दा बढी मानिस मारिएका छन्। गत ७ अक्टुबरमा हमासले गरेको आक्रमणका कारण दुबै तर्फका गरी १० हजारभन्दा बढी घाइते भएका छन्।

यसैबीच, संयुक्त राष्ट्रले युद्धका कारण गाजामा करिब १५ लाख मानिस विस्थापित भएको र ७ लाखभन्दा बढी मानिस शिविरमा बस्न बाध्य भएको बताएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?