लक्ष्मण घिमिरे ।
अर्घाखाँची । छत्रदेव गउँपालिकाले प्रत्येक वर्ष आयोजना गर्दै आएको वडा स्तरिय अध्यक्ष कप रनिङशिल्ड भलिभल प्रतियोगिता सुरु भएको छ । अन्य विकाससंगै खेलकुदको स्तरोन्नती गर्ने उद्देश्यले प्रतियोगिता संचालन गरिएको हो ।
रातापोखरा खेलमैदानमा भएको उद्घाटन समारोहमा प्रमुख अतिथी जिल्ला समन्वय समिति प्रमुख जिवनारायण कोइरालाले खेल क्षेत्र देशको महत्वपुर्ण क्षेत्र भएकाले यसको विकासमा सबैले ध्यान दिन जरुरी रहेको बताए । खेलका माध्यमबाट अन्तर्राष्ट्रिय जगतसम्म राष्ट्रको प्रतिनिधित्व गर्ने अवसर हुने भएकाले खेलाडी उत्पादन गर्ने, संरक्षण गर्ने र प्रवर्धन गर्ने दायीत्व स्थानिय सरकारको रहेको उनको भनाई थियो ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय उप-प्रमुख लक्ष्मी शर्मा ज्ञावली, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, छत्रदेव गाउँपालिका उपाध्यक्ष मनि पन्थी, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौर, सशस्त्र प्रहरी नायब उपरीक्षक भिमसेन बोहरा, ईश्वरिबक्स गुल्मका सहसेनानी गणेश शाह, प्रमुख अनुसंधान अधिकृत ईश्वरि प्रसाद आचार्य, प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरे, पालिका स्थित राजनैतिकदलका प्रमुख तथा प्रतिनिधिहरु, जिल्ला खेलकुद समितिका अध्यक्ष बिष्णु क्षेत्री, जिल्ला भलिबल संघका अध्यक्ष प्रेमप्रकाश पान्डे, पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल, पालिका स्थित ८ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जिल्लामा क्रियाशिल संचारकर्मिहरु लगायतको उपस्थित रहेको थियो ।
तिनदिन सम्म संचालन हुने भलिबल प्रतियोगीतामा आठ वटै वडाबाट आठवटा टिम सहभागी छन् । कार्यक्रम छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेको स्वागत मन्तव्य तथा स्वास्थ शाखा प्रमुख बुद्धि न्यौपानेको संचालनमा सम्पन्न भएको हो ।