१७ जेष्ठ २०८१, बिहिबार
१७ जेष्ठ २०८१, बिहिबार

अर्घाखाँची : बिस रुपैंया नतिरेको निहुँमा हत्या

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीमा बिस रुपैयाँको झगडाले एक महिलाको ज्यान गएको छ । मालारानी गाउँपालिकाको वडा नम्बर ९,गोखुङ्गामा बिस रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षिय वृद्धाको हत्या गरेको खुलेको हो ।

मालारानी स्थायी ठेगाना भई भुमिकास्थान १, रजिमे बस्दै आएका बिस वर्षिय गोपाल नेपालीले मालारानीको गोखुङ्गा निवासी ७२ वर्षिय हरिकला भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत कार्तिक १४ गते बिस रुपैयाँ नतिरेको भन्दै नेपाली झगडा गर्न भुसालको घरमा पुगेका थिए । झगडा गर्ने क्रममा वृद्धा भुसाललाई घरमा एक्लै देखेपछी मुक्का तथा खुकुरीको पछाडिको भागले प्रहार गरी हत्या गरेको उनले प्रहरी समक्ष स्विकार गरेका छन् । हत्यापछी उनले भएको नगद र सुनका गरगहना चोरी गरेर फरार भएका थिए ।

नेपालीलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रतित सिंह राठोरले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरेर प्रहरीले नेपालीलाई सार्वजनिक गरेको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (79%)
  • अचम्मित (14%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (7%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?