लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीमा हत्या भएको बिस वर्षपछी एक फरार अभियुक्त पक्राउ परेका छन् । बिस वर्ष अँघीं २०६० सालमा एक महिलाको हत्या गरेर फरार रहेका पुरुष प्रहरीको फन्दामा परेका हुन् ।
२०६० साल फागुन १३ गते शितगंगा नगरपालिका ८ चरिङगेकी ४५ वर्षीया नन्दा घर्तीको हत्या गरी फरार रहेका रोल्पाका केशलाल घर्तीलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरिक्षक प्रतित सिंह राठोरले जानकारी दिए ।
रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्वर ३ बाहिरी गाममा लुकिछिपी बसेको गोप्य सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो । हत्या गर्दा घर्ती ४१ वर्षका थिए । बिस वर्षपछी उनी ६१ वर्षको उमेरमा पक्राउ परेका हुन् ।
चोरी गर्ने मनसायले उनले नन्दाको हत्या गरेका थिए । हत्यापछी फरार रहेका घर्तीलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।