६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

झिलीमिली सन्धिखर्क : कार्यालयदेखी चोकसम्म चिटिक्कै

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले दिपावली नजिकिएसंगै कार्यालयदेखी चोकहरुमा बत्तीले झिलीमिली बनाएको छ । उज्यालो पर्वका रुपमा लिईने तिहारमा शान्ती बगैंचा, बसपार्क, भक्तीटाेलामा ठुला फ्लड लाईटहरु जडान गरिएको छ । जस्ले गर्दा बजार उज्यालो देखिएको छ ।

यस्तै सन्धिखर्क नगरपालिकाको कार्यालयमा पनि झिलीमिली बत्तीहरु जडान गरिएको छ । जसले प्रशासकिय भवन चिटिक्क देखिएको छ । अन्य निजी घरहरुमा समेत झिलीमिली बत्तीहरुले बजार रंगिचंगी बनेको छ ।

दिपावली पर्वले नगरवासी तथा जिल्लावासीहरुमा सांकेतिक उज्यालो प्रदान गर्ने प्रयत्न गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसालले बताए । ढुक्क भएर पर्व मनाउन उनले आग्रह गरेका छन् । बजार तथा आसपासका ५० भन्दा धेरै ठाउँमा सिसिक्यामेरा जडान गरिएको भन्दै अपराधिक गतिविधी नियन्त्रण हुने उनले बताए । उनले नगर तथा जिल्लावासीहरुमा पर्वको शुभकामना समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?