लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीको पाणिनीमा बेवारिसे शव भेटिएको एक साता बित्दापनि पहिचान हुन सकेको छैन । पाणिनी गाउँपालिका २, पोखराथोकमा एक जना पुरुषको बेवारिशे शव फेला परको थियो ।
गत कार्तिक १७ गते पाणिनी २, बालासिद्व मन्दिर नजिकैको भिरमा एक पुरुषको शव फेला परेपनी हालसम्म शवको पहिचान हुन सकेको छैन । भिरको बिचमा शव अड्कीएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सर्वत्र खबर पु¥याउँदा समेत शवको पहिचान हुन नसकेको डिएसपी प्रतित सिंह राठोरले जानकारी दिए । ‘देशभरका चौकीहरुमा हुलिया पठाईसकेका छौं, डिएसपी राठोरले भने,‘कहींबाट शवको पहिचान हुने क्लु पत्ता लागेको छैन ।’
मृत पुरुषको सनाखत हुन नसकेपछी शव जिल्ला अस्पतालमा राखिएको छ । शवको पोस्टमार्टम पनि भएको छैन ।