लक्ष्मण घिमिरे ।
अर्घाखाँची । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पले अर्घाखाँचीका ८९ घरमा सामान्य तथा आंशिक क्षती पु¥याएको छ । गत कार्तिक १७ गते मध्यरातमा भुकम्प जाँदा जाजरकोट र पुर्वी रुकुममा ठुलो मानविय तथा भौतिक क्षती भएको थियो भने आसपासका जिल्लाहरुमा कम्पनले घरहरु चर्किने तथा फुट्ने भएका छन् ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प र त्यसपछीका पराकम्पले अर्घाखाँचीमा समेत धक्का महसुस भएको छ । भुकम्पका कारण ठुलो क्षती नभएपनि जिल्लाका ८९ घरमा सामान्य तथा आंशिक क्षती पुगेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
प्रहरी प्रमुख डिएसपी प्रतित सिंह राठोरका अनुसार अहिलेसम्म संकलित विवरणमा ८९ घरमा क्षती पुगेको हो । तर, अहिलेसम्म कसैलाई घरबास छोड्नु नपरेको उनको भनाई छ । ‘हामीले भुकम्पपछी जिल्लाभर तथ्याङ्क संकलन गर्यौं,उनले भने,‘घरहरु चर्किने, फुट्ने गरेपनि कसैलाई स्थानान्तरण गर्नुपर्ने वा सार्नुपर्ने भएको छैन ।’
यसअँघीं गत असौज १६ गते बझाङ केन्द्रबिन्दु भएर गएको भुकम्पका कारण शितगंगा नगरपालिकामा पाँच घर भाँसिएका थिए ।