१७ जेष्ठ २०८१, बिहिबार
१७ जेष्ठ २०८१, बिहिबार

राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ : पर्यटनमन्त्री

राज्यले निजी क्षेत्रलाई हेर्ने नीति बदल्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताएका छन् । राज्यका तीन खम्बे अर्थ नीति भएपनि निजी क्षेत्रलाई लगानी गर्न सहज वातावरण भने व्यवहारमा नरहेको मन्त्री किरातीले बताए ।

बिहीबार नक्सालस्थित होटल होलिडे इन एक्सप्रेसको उद्घाटनका अवसरमा मन्त्री किरातीले यस्तो बताएका हुन् । राज्यको अर्थतन्त्र जटिल बन्दै गइरहेको बेला निजी क्षेत्रलाई लगानी गरेर रोजगार तथा आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा मन्त्री किरातीको जोड छ ।

निजी क्षेत्रले पनि नेपाली श्रम र संस्कृतिसँगै प्रकृतिको समायोजन गरेर नेपालीपनको रोजगार सृजना गर्ने गरी लगानी गर्नुपर्ने उनको उनले बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?