६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

युट्युबर मनोज मानव पक्राउ

युट्युबर मनोज मानव पक्राउ परेका छन् । भोटाहिटीस्थित साइबर ब्यूरोले मनोजलाई बुधबार राति पक्राउ गरेको हो ।

मनोज मानव भनिने मनोज कुमार महतोले आफ्नो चरित्रहत्या गरेको भन्दै एक महिलाले दिएको उजुरीको आधारमा मनोजलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । स्टार अनलाइन टिभी नामक युट्युब च्यानल चलाउने महतोले व्यक्तिगत चरित्रहत्या हुने प्रकृतिको विषयवस्तु प्रकाशन तथा प्रशारण गरेको, अन्य व्यक्तिसँगको तस्बिर र भिडियो जोडेर चरित्रहत्या गरेको भन्दै ब्यूरोमा उजुरी आएपछि उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

मानवलाई म्याद थप गर्न काठमाडौँ जिल्ला अदालत लगिएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?