६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

गगन थापा, चन्द्र भण्डारी लगायतका नेता मंसिर ८ गते अर्घाखाँची आउने

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाली काङ्ग्रेस अर्घाखाँचीले मंसिर ८ गते जिल्ला सम्मेलन गर्ने भएको छ । वडा, पालिका र क्षेत्रिय सम्मेलन सकेको कांग्रेसले आउँदो मंसिर ८ गते जिल्ला सम्मेलन गर्ने भएको हो ।

बिहिवार बिपि स्मृति भवन सन्धिखर्कमा बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्ला सम्मेलन मङ्सिर ८ गते सन्धिखर्कमा गर्ने निर्णय गरेको पार्टी सचिव कृष्ण खनालले जानकारी दिए । सम्मेलनको उद्घाटन गर्न नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा, केन्द्रिय सदस्य चन्द्र भण्डारी लगायतका केन्द्रीय नेताहरु सन्धिखर्क आउने उनले बताए ।

जिल्ला सम्मेलन सम्पन्न गर्न पार्टी सभापति केशव श्रेष्ठको संयोजकत्वमा मुल समारोह समिति समेत गठन गरेका छ । बैठक केशव श्रेष्ठको सभापतित्व तथा सचिव कृष्ण खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

बैठकले जाजरकोट र रुकुममा भुकम्पका कारण ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत र उद्दार लाई प्रभाककारि बनाउन सरकारसंग माग गरेको पार्टी प्रचार विभाग प्रमुख सुर्य प्रसाद भुसालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (63%)
  • दुःखी (13%)
  • अचम्मित (25%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?