१४ मंसिर २०८०, बिहिबार
१४ मंसिर २०८०, बिहिबार

पाणिनीमा भेटिएको बेवारिसे शवको पहिचान हुन सकेन

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीको पाणिनीमा बेवारिसे शव भेटिएको दस दिन बित्दापनि पहिचान हुन सकेको छैन । पाणिनी गाउँपालिका २, पोखराथोकमा एक जना पुरुषको बेवारिशे शव फेला परको थियो ।

गत कार्तिक १७ गते पाणिनी २, बालासिद्व मन्दिर नजिकैको भिरमा एक पुरुषको शव फेला परेपनी हालसम्म शवको पहिचान हुन सकेको छैन । भिरको बिचमा शव अड्कीएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सर्वत्र खबर पु¥याउँदा समेत शवको पहिचान हुन नसकेको डिएसपी प्रतित सिंह राठोरले जानकारी दिए । ‘देशभरका चौकीहरुमा हुलिया पठाईसकेका छौं, डिएसपी राठोरले भने,‘कहींबाट शवको पहिचान हुने क्लु पत्ता लागेको छैन ।’

मृत पुरुषको सनाखत हुन नसकेपछी शव जिल्ला अस्पतालमा राखिएको छ । शवको पोस्टमार्टम पनि भएको छैन ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?