अर्घाखाँचीको मालारानीमा एक वृद्ध मृत फेला परेका छन् ।
मालारानी गाउँपालिका ३, खनारका ७० वर्षीय छविलाल खत्री आइतवार मृत अवस्थामा फेला परेका हुन् । उनि स्थानिय ढाडमसिना सामुदायिक वनको भीरमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची ल्याईएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विक्रम रिजालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।